Home > Uncategorized > भूकम्पका कारण ११ सय ५७ को ज्यान गएको पुष्टि

काठमाडौं, वैशाख १२ – भूकम्पका कारण अहिलेसम्म ११ सय ५७ जनाको ज्यान गएको सरकारले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मि ढकालले दिएको जानकारी अनुसार ११ सय ५७ जनाको ज्यान गएको जानकारी आएको छ ।

ज्यान गुमाउनेमा काठमाडौंमा १ सय ८१, भत्तपुरमा १ सय ६४, ललितपुरमा ६६, काभ्रेमा ८०, गोरखामा ३६ जना, धादिङमा ३५ जना छन् । गोरखामा एक सय भन्दा बढी, धादिङमा ३५, मकवानपुरमा २५, सोलुखुम्बुमा ३०, सुनसरीमा ८ जना तथा रामेछाप र रोल्पामा एक एक जना घाइते भएको जानकारी आएको गृहमन्त्रालयका प्रवक्ता ढकाललले जानकारी दिनुभयो । ढकालका अनुसार उद्धार तथा राहतका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ ।

केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठकले भूकम्पको क्षतिको विवरण संकलन गरी तत्काल उद्दार तथा राहत वितरण गर्ने निर्णय गरेको गृहका प्रवक्ता ढकालले जानकारी दिनुभयो । Source:ujyaaloonline