Home > Uncategorized > तीन दिने राष्ट्रिय शोकको घोषणा

काठमाडौं, वैशाख १५ – सरकारले शनिबार र आइतबार गएको भूकम्पका कारण ज्यान गुमाउने तथा घाइते भएका नागरिकको सम्झानामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार बेलुका राष्ट्रको नाममा सम्बोधन गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नु भएको हो ।

तीन दिनसम्म सम्पूर्ण सरकारी कार्यालय विदेशमा रहेका कुटनितिक नियोगमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने प्रधानमन्त्री कोइरालाले बताउनुभएको छ । राष्ट्रको नामा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भूकम्पमा घाइते भएका सबै नागरिकको सरकारले निशुल्क उपचार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै भूकम्पका कारण क्षति पुगेका ऐतिहासिक तथा साँस्कृतिक महत्वाको क्षेत्रको पुन निर्माण गरिने बताउनुभएको छ । यस्तै उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो । विपदको यो घडीमा नेपाल र नेपालीलाई सहयोग गर्ने मित्र राष्ट्र तथा दातृ निकायलाई उहाँले आभार प्रकट गर्नु भएको छ ।

यो विपदबाट उठ्नका लागि सबैको साथ चाहिनेमा उहाँले जोड दिनुभएको छ भने सहकार्यका लागि आग्रह पनि गर्नु भएको छ । प्रधानमन्त्री कोइरालाले आफ्नो सम्बोधनको क्रममा भूकम्पका कारण ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकमा श्रद्धान्जली पनि व्यक्त गर्नुभएको छ ।